इटहरी । कोरोना कहरका कारण लगाईको निशेधाज्ञाका कारण माछाका भुराको माग नहुँदा कृषि अनुसन्धान निर्देशनालय तरहराले लक्ष्य अनुसार भुरा उत्पादन गर्न सकेको छैन ।

   पछिल्ला केही वर्ष देखि माछा पालक गर्ने किसानहरु संख्या वढी रहेको र भुराको माग समेत वढी रहेको तर्फ मध्यनजर गर्दै  निर्देशनालयले यस दुई करोड भुरा विक्री गर्ने लक्ष्य राखेकोमा हाल लक्ष्य पुरा गर्न नसकेको हो ।

   विगतमा भुराको माग धान्न नसकिने अवस्था हुने गरेकोमा यस वर्ष भुरा विक्री गर्ने समयमा कोरोनाका कारण निशेधाज्ञा जारी हुँदा किसानहरु सहज रुपमा आएर भुरा लान सक्ने अवस्था नभएकाले लक्ष्य अनुसार भुरा विक्री गर्न नसकिएको कृषि अनुसन्धान निर्देशनालयका निर्देशक केशवप्रसाद श्रेष्ठ वताउछन ।

 लक्ष्य अनुसार पचास प्रतिसत भन्दा केही वढी लक्ष्य पुरा भएपनि भुरा विक्रीको लक्ष्य कोभिडको कारण माछा पालक किसानहरु भुरा लिन आउन सकेका पुरा नभएपनि निशेधाज्ञा सहज भएपछि किसानहरुका माग आउने विश्वास व्यक्त गरे ।IMG_0388

निर्देशनालयले माछाका क्षेत्र प्रविधि विकास र भुरा उत्पादनमा जोड दिएको आएको वताउदै माछा वैज्ञानिक उमिता साह निर्देशनालयले लोपोन्मुख वन्दै गएका माछा रैथाने जात र नयाँ प्रजातिका भुरा प्रजनन गरी उत्पादन गर्ने कार्यलाई समेत निर्देशनालयले अघि वढाउने वताउछिन ।  लक्ष्य अनुसार किसानहरुबाट भुराको माग नभएको कारण भुरा उत्पादन गर्न नसकेको वैज्ञानिक साहले समेत जानकारी गराईन ।

अहिले समयमा रहु र नैनीको सिजन रहेकाले निर्देशनालयले रहु र नैनीका भुरा उत्पादनमा लागेको समेत जनाइएको छ । निर्देशनालयले किसानहरुका माग आए एक महिनामा तीन करोड भुराहरु उत्पादन गर्न सकिने जनाएको छ । नेपालमा माछाका माग अधिक हुने गरेपनि हाल २० प्रतिसत मात्र नोपली माछाले धानेको छ भने ८० प्रतिसत अन्य मुलुकमा भर पर्नु परिरहेको छ ।