इटहरी/ ७० औं स्काउट स्थापना दिवशकाे अवसरमा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि स्थानिय स्काउटका संरक्षक मेयर द्धारीकलाल चौधरीकाे अध्यक्षतामा इटहरी उपमहानगरपालिका वडा न १४ मा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । ईटहरीलाई हरित नगरकाे रूपमा बिकास गर्ने र हरेक वडामा बर्सेनि बृक्षाराेपण गरिदै अाएकाे मेयर द्वारिकलाल चाैधरीले बताएका छन् ।
विशेष अतिथि स्थानिय प्रमुख स्काउटर उपमेयर लक्ष्मी गौतम , शिक्षा शाखाका शिक्षा तथा युवा हेर्ने स्काउटका सचिव हेम पलुँगा , शिक्षा शाखाका खेलकुद हेर्ने कुसुम पोख्रेल मगर , वडा न १४ का वाड अधक्ष , जन प्रतिनिधि , इटहरी उपमहानगरपालिका का वातावरण शाखाका प्रमुख पुस्पनारायण चौधरी, लाईन्स क्लबका प्रतिनिधि , बालक्लबका प्रतिनिधि र स्थानिय स्काउटर को सहभागितामा इटहरी मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे हाे । FB_IMG_1624180627884FB_IMG_1624180632086