इटहरी। सप्तकोसी नदीमा अाज  पानीको बहाव यसै वर्षकै उच्च भएको छ । पानीको बहाब उच्च भएपछि ५६ मध्ये २० वटा ढोका खोलिएको छ ।

बिहीवार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर १ लाख १८ हजार २५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । यो बहाव यो वर्षको उच्च हो । पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेकोले अझ पानीको बहाव बढ्न सक्ने बताइएको छ ।