अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य कमी आएको छ ।
आइतबार सुनको मूल्य ९३ हजार ९ सयमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार २ सय कायम गरेको छ । आइतबार तोलाको ९३ हजार ९ सय थियो ।
यस्तै तेजावी सुनको मूल्य पनि घटेर तोलाको ९२ हजार ७ सय कायम गरिएको छ । यता, चाँदीको मूल्य पनि प्रतितोलामा ५ रुपैयाँले घटेर १३ सय ६५ कायम भएको महासंघले जनाएको छ ।




















