यासोक÷ पाँचथरको कुम्मायक गाउँपालिका—२ माङजाबुङ घर भई हाल दक्षिण कोरियामा काम गर्दै आएका समाजसेवी गजेन्द्र शेर्माले वडाबासीलाई व्यक्तिगत लगानीमा स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । नेपाली २ लाख १६ हजार मुल्य बराबरको अक्सिजन, माक्स, सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्री एक कार्यक्रमका बीच सहयोग गर्नुभएको हो ।

रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुग्नु भएका उहाँले व्यक्तिगत २ लाख १६ हजार मुल्यको स्वास्थ्य चौकी माङजाबुङलाई ४३ केजीको ६ वटा अक्सिजन सिलिण्डर त्यस्तै प्रत्येक घरघरमा बितरण गर्नको लागि ८ हजार ५ सय माक्स, ८ सय ५० थान सेनिटाइजर बितरण गर्नुभएको हो । उहाँका दाजु घनेन्द्रकुमार शेर्माले वडा अध्यक्ष बालकृष्ण शेर्मालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्नुभएको थियो ।

वडामा ८ सय १५ घरधुरीका ४ हजार जनसंख्याको बसोवास छ । भौगोलिक रुपमा दुर्गम क्षेत्रको वडामा कोभिड संक्रमितलाई अक्सिजनको अभाव हुन नदिन र नागरिकलाई माहामारीबाट सुरक्षित गर्न सहयोग गरिएको गजेन्द्रका दाजु घनेन्द्रकुमार शेर्माले बताउँनुभयो । माहामारीको समयमा बिदेशमा कोभिडले ठुलो क्षति पु¥याएको पीडा सम्झेर भाइले वडावासीलाई त्यस्तो पीडा नहोस भन्दै सामाजिक दायित्व पूरा गर्न सहयोग गरेको शेर्माले बताउँनुभयो ।

कर्मभूमि दक्षिण कोरियालाई बनाएर पनि जन्मभूमिका परिवार र समाजको हित चिताउँदा आफुहरुलाई खुसी लागेको अर्का स्थानीय जिवि याक्थुम्बाले खुसी व्यक्त गर्दै भन्नुभयो । उहाँ भन्नुहुन्छ् । हाम्रो वडामा धेरै युवाहरु कोरिया लगायत खाडीका देशमा छन । उनिहरुले बिभिन्न प्रकोपमा सहयोग गर्दै आएका छन् । तर यो अहिले सम्मकै उकृष्ट सहयोग आएको छ । वडावासीले असल छोरा पाएको छ याक्थुम्वाले भन्नुभयो ।

वडामा प्राप्त भएको स्वास्थ्य सामाग्री वडा सदस्यको रोहवरमा साविक ९ वटै वडाका महिला स्वास्थ्य स्वायमसेविका मार्फत बितरण गर्न थालिएको वडा अध्यक्ष बालकृष्ण शेर्माले बताउँनुभयो । “हामीले वडामा प्राप्त भएको स्वास्थ्य सामाग्री स्वायमसेवीकाहरुलाई बितरणको लागि खटाएका छौ् । उहााले भन्नुभयो सम्भव भएसम्म घर घरमा, भनए पनि टोल बिभाजन गरी सामाजिक सुरक्षा कायम गरी बितरण गर्ने गरी व्यवस्थान मिलाएका छौ ।

नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ को समन्वयमा शेर्माले २ लाख १६ घरको व्यक्तिगत लगानीमा वडावासीलाई स्वास्थ्य सामाग्री बितरण गर्न सफल भएका हुन । उहाँले गर्नु भएको सहयोग प्रति वडावासीले प्रशंसा गर्दै आएका छन ।