इटहरी / कोरोना महामारीका कारण श्रमजीवी बर्गहरूले विहान बेलुकाको छाक टार्न समेत समस्या हुँदै आएको छ । यसरी समस्यामा गरेका हरूलाई सरकारी गैर सरकारी तथा व्यक्तिगत रूपमा सहयोग समेत हुने गरेको छ । त्यस्तै व्यक्तिगत रूपमा सहयोग गर्ने क्रममा सुनसरीको इटहरीका संतोष गेलालले आफ्नो जन्म दिनको दिन इटहरीका विभिन्न क्षेत्रमा सहयोग गरेका छन् । इटहरी ४ वडामा रहेका निस्सहाय बालवालिका सेवा आश्रम तथा लकडाउनले गाँस बास गुमाएका तथा क्यान्सर पिडितहरूलाई QRC इटहरीकाे सहयोगमा खाद्यान्न सामाग्री वितरण गरेको हो । पछिल्लो समय युवा वर्गहरूले समाज सेवालाई निरन्तरता दिदै आएको र अब आउने पुस्ताले समेत गरिव , असाहय, तथा सडकमा बसोवास गर्नेहरूका लागि यो विषम परिस्थितिमा समयोग गर्न आवश्यक भएकाले खाद्यान्न वितरण गरिएको संन्तोष गेलाल बताउछन् । कोरोना महामारी र लकडाउनका कारणले घर छोडेर सडकमा आएकाहरू यसरी सहयोग गर्न पाउँदा खुसि लागेको गेलाल बताउछन् । उनले खाद्यान्नसंगै कोरोना बाट बच्नका लागि स्वास्थ सामाग्री समेत वितरण गरेका थिए । 20210610_203623 1received_324736082515235FB_IMG_16233350815043639FB_IMG_16233350735329944FB_IMG_16233350863039117