सुनसरी/ स्टोबेरी अर्थात भुइ एैसेलुले चिनिने यो फल विदेशमा मात्र हुन्छ भन्ने थियो तर यो फल यतिखेर नेपालका बिभिन्न स्थानमा ब्यबसायिक रुपमै सुरु गरिन थालेको छ । हेर्दा रातो अनि खादा स्वादियो यो फल बजारमा ८ सय देखी १ हजार रुपैया सम्म पर्ने गरेको छ । नेपालका भर्खरै मात्र सुरुवात गरियो यो व्यबसाय यतिखेर सुनसरीको बराहक्षेत्र नगरपालिकामा वडा न १ सुर्यकुण्डमा समेत व्यबसायिक रुपमै ५ जना युवाहरुले सञ्चालनमा ल्याएका छन् । बैदेशिक रोजगारीमा लामो समयको बसाई पछी स्वदेशमै केहि गर्ने उदेश्यले २ बिघामा यतिखेर स्टोबेरी खेती लगाइएको छ । फरक अनि भिन्न स्वादको यो फल नेपालमा कमै मात्रामा पाउने गरेको छ । मुख्यतया पाहाडी अनि भिरालो क्षेत्रमा लगाइने यो फलको आम्दानी समेत राम्रो रहने व्यासायिहरुले बताउदै आएका छन् । उनिहरुले रोपेको बिरुवामा अहिले स्ट्रोबेरी लटरम्म फलेको छ । बैदेशिक रोजगारीमा भन्दा स्वदेशमै गरे हुन्छ भन्ने उदाहरण यि युवाहरु बनेका छन् । ५ जना युवाहरुले स्वदेशमै केहि गर्ने उदेश्यका साथ ७६ सालबाट यो व्यबसाय सुरुवात गरेका हुन् यहाँबाट उत्पादन भएको स्टोबेरी झापा,मोरङ,सुनसरी,उदयपुर लगाएतका जिल्लामा पुग्ने गरेको छ । यस क्षेत्रमा लगाइएको यो स्टोबेरीकै कारण यहाँ होमस्टे समेत सञ्चालनमा ल्याइएको छ । यहाँ आउने पाहुनाहरुका लागी स्वागत गर्दै स्टोबेरीको अर्गानिक जुस खुवाइने गरेको छ जसका कारण यहाँ पर्यटकहरुको आगमन बाक्लो रहने देखिन्छ । 

यसरी लगाइएको स्टोबेरीकै कारणले यस क्षेत्रमा पर्यटकहरुको आकर्षणमा बृद्धि हुदै गएको छ । यस्ता अनौठा अनि कममात्र पाइने चिजहरुलाई नेपालमै व्यबसायीक रुपमा सुरु गरी भारत तथा तेस्रो मुलुकबाट आउनबाट रोक्न स्थानिय सरकारले महत्वपुर्ण भुमिका खेल्नुपर्ने पर्यटन व्यबसायी  बासुदेब बराल बताउछन् । 

यस विषयमा सञ्चालक भन्छन् विदेशमा भन्दा नेपालमानै राम्रो आम्दानी गर्न सकिने रहेछ । उनिहरु भन्छन् स्टोबेरी मात्र नभइ अन्य आम्दानिका स्रोत तथा कृषि जन्य बस्तु उत्पादन गर्ने सञ्चालक अर्जुन कुलुङ बताउछन् । 

यसरी बैदेशिक रोजगारीबाट फर्किएका युवाहरु एकजुट भएर स्वदेशमै कृषि कर्म गरिरहेका छन् । जसबाट बार्षिक १२ लाख भन्दा बढि आम्दानी हुने यो व्यबसायलाई प्रवद्धन गर्नका लागी स्थानिय सरकाले विभिन्न खाले कृषि उपकरण आधुनिय प्रणलीको विकास गरी युवाहरुलाई हौसला दिनुपर्ने देखिन्छ ।