उदयपुरको सदरमुकाम गाईघाट बजारमा एटीएम फुटाउने एक व्यक्ति पक्राउ परेका छन् । बजारस्थित नविल बैंकको एटीएम मेसिन फुटाएको आरोपमा भारत घर बताउने संलग्न पक्राउ परेका हुन् ।

घटनालगतै बैंकको क्लोज सर्किट (सीसी) क्यामेरामा रेकर्ड भएको भिडियोको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता बेदप्रसाद गौतमले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा ती व्यक्ति भारतीय नागरिक रहेको बुझीएको प्रवक्ता गौतमको भनाई छ ।

उनको साथबाट एटिएम फुटाउन प्रयोग गरिएको सामान बरामद भएका छन् । प्रहरीका अनुसार समातिएका उनी केही समयदेखि गाईघाटस्थित एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए ।