कोरोना भाइरस र लकडाउनका कारण मुलुकभित्र रोजगारीका नयाँ अवसरहरु सिर्जना गर्नेतर्फ नेपाल सरकारले नीति तथा कार्यक्रम तर्जुमा गरिरहेको छ । यसै सन्दर्भमा विगत दुई वर्षदेखि कार्यान्वयनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप सकृय बनाउदै मोरङको सुन्दरहरैचा वडा न ४ मा रोजगार सिर्जना गर्न थालिएको छ । लामो समयबाट रोजगार गुमेका नगरका श्रम गर्न इच्छुक सर्वसाधरणलाई रोजगारीको अवसर सिर्जना गरिएको हो । न्युन आय आर्जन भएका तथा बेरोजगारीहरुका लागी फारम खुल्ला गरि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा ४का गरिव १२६ भन्दा माथिले फारम भरेका थिए भने इच्छुकले काममा सहभागी रहि श्रम गरिरहेका छन् । लकडाउन र महामारीका विच सबैभन्दा बढि श्रमजिवी वर्गको अवस्था जिर्ण बनेको छ । यसै अवस्थालाई मध्यनजर गर्दै यस वडाले विकास निमार्णलाई सघाउ पुर्याउदै स्थानिय बेरोजगारीहरुको पहिचान गरि उनिहरुलाई यसैमा रोजगारी समेत दिएको छ । लामो समयको बन्दका कारण आर्थिक अवस्था समेत न्युन हुदै गएको अवस्थामा यसरी रोजगारी पाउदा स्थानियले खुसि व्यक्त्त गरेका छन् उनिहरु भन्छन् कोरोनाका कारण घरमा विना काम बस्नुभन्दा केहि आयआर्जन हुने काम पाउदा हर्सित छौ । 

20210608_121429

यता वडा कार्यालयले भने हरेक घरबाट कोहि न कोहिलाई रोजगारी दिएर यस वडालाई नमुना वडाका रुपमा विकास गर्दै लाने बताएको छ वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठका अनुसार यस वडामा पुरुष भन्दा महिलाहरु बढि बेरोजगारी देखिएकाले अव यहाँ महिलाहरुलाई लक्षित गरि रोजगारी सिर्जना गरिदिने बताउछन् । 

हाल यस सुन्दरहरैचा नगरपालिकाका वडम न १२, ६, ५, र ४ नम्बरमा गरि ६० जना भन्दा बढिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत रोजगारी पाइरहेका छन् ।