विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि विश्वभर खोप अभियान चलिरहेको छ । खोप लगाउँनु भन्दा पहिले आफ्नो शारीरक स्वास्थ्य अवस्थाबारेमा चिकित्सँग परामर्श गरेर चिकित्सकै निगरानीमा खोप लगाउँनुपर्छ । खोप लगाइसकेपछि आफ्नो शारीरिक स्वास्थ्यमा अनुकुल प्रतिक्रिया देखाउँछ कि प्रतिकुल भन्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।

कोरोना खोप लगाइसकेपछि स्वासप्रस्वासमा समस्या जस्तै घाँटी समाएको जस्तो हुनु,श्वास फेर्दा छिटो भएजस्तो वा घ्यारघ्यार हुनु, खोकी लाग्नु, वाकवाकी,वान्ता, पखला लाग्नु, पेट दुख्नु, रिंगाटा लाग्नु, बेहोश हुनु, मुटुको धड्कन तथा नाडी तीव्र गतिमा चल्नु, जस्ता नकरात्मक प्रतिकि्रया देखिन सक्छ ।

खोप लगाइसकेपछि कसैकसैमा जीउभर फोका उठ्ने चिलाउने तथा अनुहार एवम् घाँटी सुनिने पनि हुन सक्छ ।त्यसैले यस्ता समस्या देखिएमा चिकित्सको सल्लाह लिने र सोही अनुसार स्वास्थ्य संस्थामा गएर चेक गराउँनुपर्छ ।

 खोपले कसैलाई गम्भीर त कसैलाई सामान्य समस्या देिखन सक्छ ।कोरोनाको लक्षण र प्रभाव मानिस अनुसार फरक फरक हुन्छ ।त्यस्तै गरि खोपको असर पनि फरक फरक हुन सक्छ ।

यद्यपी खोप बजारमा ल्याउँनु पूर्वनै धेरै चरणमा कि्लनिकल परिक्षण गरिएको हुने हुनाले हाल सम्म खोप लगाइसकेपछि गम्भीर असर भएको घटना पाइएको छैन । जसले गर्दा खोप लगाउँदा डराइहाल्नुपर्ने हुन्न ।

अहिले सम्म खोपको असर सामान्य रहेकोले खोप ढुक्क भएर लगाउँन सकिन्छ । तर स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा अपनाउँनुपर्छ ।किनकि खोप लगाइसकेपछि एन्टीबडी बन्न ४ हप्ता सम्मको समय लाग्छ ।