पछिल्लो २४ घण्टामा नेपालमा १ सय १ जना कोरोना भाइरसको संक्रमितको दुखद निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक अनुसार यो अवधिमा ८ हजार ६ सय ६३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा पीसीआर ९१४१८२० तथा एन्टिजेन ९६६३१० गरी कुल २० हजार ८ सय १३ जनाको परीक्षण गरिएकोमा ६६५३ जना नयाँ संक्रमित थपिएका छन् ।
उनीहरुमध्ये ४४२४ जनामा पीसीआर विधिबाट तथा २ हजार २९ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणपछि संक्रमण पुष्टि भएको हो ।




















