काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने समय जेठ मसान्त सम्म थप गरेको छ ।
कोभिड १९ को दोस्रो प्रकोपको कारण बन्दाबन्दि गरिएकोले जेठ २० गतेसम्म फारम भर्ने समय तोकिएको थियो । उक्त समयावधिलाई २०७८ जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।
त्रिविले यो अवधिमा पनि महामारी तथा अन्य कुनै कारणले फर्म भर्न नपाएमा उचित समय उपलब्ध गराउने जनाइएको छ ।




















