काठमाण्डौं । चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोरोना खोप दिने भएको छ ।

 चिनियाँ राष्ट्रपति सी जिनपिङले  टेलिफोन वार्ता मार्फत नेपाल लाई खोप दिने घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले ट्वीटर मार्फत जानकारी दिएकी हुन् । चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप १० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको छ ।


सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको छ । 

ट्वीटरमा राजदुत यान्छीले राष्ट्रपति विद्या भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता लगतै चीनले सो घोषणा गरेको जनाएकी छन् ।