मोरगं । फुल लागेको समयमा हावाहुरी र असिना पानीले क्षति पुर्रयाएको तथा फल पाकेर विक्री गर्ने समयमा कोरोना कहरका कारण निशेधाज्ञा सुरु भएपछि लिचीबाट सोचे अनुसार आम्दानी लिन नसकेको मोरगंका लिची  किसानहरुले गुनासो गरेका छन ।

  लिची फुल्ने समयमा हावाहुरी सहित आएको असिना पानीले फुलमा क्षति पुग्दा उत्पादन कम भएको तथा पाकेको समयमा निशेधाज्ञा सुरुपछि सहज रुपमा बजारमा पुर्याउन नसक्दा विगतको तुलनामा आम्दानी लिन नसकेको किसानहरुले गुनासो गरेका हुन ।snapshot_012

मोरंगको सुन्दरहरैंचा ६मा रहेका छेनु कृषि फर्म सञ्चालन गर्दै आएका नरेन्द्रकुमार  राईको कृषि फर्ममा पुग्दा विगतको तुलनामा आम्दानी लिन नसकेको गुनासो गरे ।

उनले हावाहुरी र असिना पानीले फुल्दै गरेको समयमा नोक्सानी गरेको र अहिले निशेधाज्ञा भएको कारण सहज रुपमा वजार सम्म पुरयाउन नसकिएको तथा व्यापारीहरु समेत लिन नआएको समेत वताए ।

    गत वर्ष एउटै वोटको २५ हजार सम्म आम्दानी लिएकोमा यस वर्ष आठ वटा वोटको १६ हजार मात्र लिन सफल भएको समेत किसानहरुको गुनासो रहेको छ । यहाँ उत्पादीत चिलीहरु स्थानीय वजारका साथै इटहरी ,धरान , विराटनगर सहित पुर्वका सहरहरुका साथै काठमाडौ सम्म व्यापारीहरुले लैजाने गरेका थिए ।