मोरगं । कोरोना कहरका कारण स्वास्थ्य चौकी समेत वन्द हुँदा मोरगंको विकट पहाडी क्षेत्रमा रहेको केरावारी गाउँपालिका २ मा सिंहदेवीका स्थानीयले सिटामोल समेत सहजरुपमा पाउन नसकेको गुनासो गरेका छन । स्वास्थ्य चौकीमा कार्यरत एक कर्मचारीमा आरडिटी परिक्षणले कोरोना पोजेटिभ देखिएपछि स्थानीयहरु रोगी तथा संक्रमितहरु समस्यामा पर्न थालेको स्थानीयले गुनासो गरेका हुन । कोरोना संक्रमण दिनप्रतिदिन वढी रहेको समयमा स्वास्थ्य चौकी समेत खुल्न नसकेको तथा स्थानीय रुपमा क्लिनिक सञ्चालन गर्दै आएका एक जनामा समेत आरडिटी परिक्षणले कोरोना पोजेटिभ देखा परेपछि स्थानीयहरुलाई औषधि उपचारका लागि समस्या पर्न थालेको स्थानीय डब्लु खान ठकुरीले वताए । उनले केही दिन अघि १२ जनाको आरडिटी परिक्षण गर्दा ८ जनाको कोरोना पोजेटिभ देखिएको र केही दिन अघि कोरोनासंग मिल्दोजुल्दो लक्षणका कारण तीन जना जेष्ठनागरिक मृत्यु भई सकेको समेत वताए । स्वास्थ्य चौकी र स्थानीय क्लिनिक समेत वन्द रहदा स्थानीयले ज्वरोको औषधि समेत सहज रुपमा पाउन नसकिरहेको समेत उनले जानकारी दिए । सो स्थानमा केही सामाजिक संस्थाहरुले संक्रमितहरुका लागि केही स्वास्थ्य सामाग्री लगी दिएपनि सहज रुपमा औषधि उपचारका लागि समस्या भई रहेको स्थानीयको गुनासो रहेको छ ।




















