प्रकाशपुर युवा जमातले बराहक्षेत्र – १० स्थित प्रकाशपुर क्षेत्रमा कोरोनाको जोखिम कम गर्न जोखिम क्षेत्रमा सेनिटाइज , सक्रमितहरुलाई पोष्टित तत्व र स्वास्थ्य साम्रागी वितरण गरेको छ ।

तीब्र गतिमा कोरोना संक्रमण फैलिएपछि सहयोगी दाताहरुको सहयोगमा सक्रमणको उच्च जोखिममा रहेको क्षेत्रमा सेनिटाइज, सक्रमितको घर – घरमा सेनिटाइज र होम क्वारेन्टाइनमा रहेका संक्रमितलाई पोष्टिक तत्व चेवनप्रास, चिनि ,चियापति , सेनिटाइजर र माक्स उपलब्ध गराएको युवा जमातका अध्यक्ष तेजबहादुर गुरुङ्गले बताए ।

सम्बन्धित निकायले जोखिम क्षेत्रमा कोरोना नियन्त्रण गर्नको कुनै पनि कार्य नगरेपछि युवा जमात यो कार्य गर्नको लागि सक्रिय भएको गुरुङ्गले बताए । संक्रमितलाई होसला दिदै परिवारलाई सचेत र समुदायकालागि चेतना बढाउन समेत कार्यक्रम आयोजना गरिएको बताए ।


जमातले पहिलो दिन बुधबार संक्रमितको घर– घरमा र सम्भावित जोखिम क्षेत्र मानिएको प्रकाशपुर चौक, बजार, प्रहरी चौकी, स्वास्थ्य चौकी, सार्वजनिक स्थानमा सेनिटाइज गरेको थियो । त्यसै गरी होम आइसोलेसनमा रहेका ४३ जना संक्रमितलाई पोष्टिक तत्व प्रदान गरेको छ । बिहिबार वडा नं ९ मा पुगेर कोरोनाको जोखिम कम गर्न जोखिम क्षेत्रमा सेनिटाइज र संक्रमितहरुलाई पोष्टित तत्व र स्वास्थ्य साम्रागी वितरण गरिने बताइएको छ ।received_504193337376830


हाल सम्म बराहक्षेत्र १० प्रकाशपुरमा ३८ जना र बराहक्षेत्र ९ मा १४ जनालाई कोरोना पोजेटिभ देखिएको छ भने एक जना कोरोना पोजेटिभको ज्यान समेत गइसकेको छ ।