संखुवासभा / संखुवासभामा निशेधाज्ञाका बेला अत्यावश्यक सामाग्री बिक्रिको नाममा मदिरा र सुर्तिजन्य पदार्थ बेच्ने तीन व्यापारीको सामान अनुगमन समितिले नियन्त्रणमा लिएको छ । बजारमुल्य अत्याधिक बढेको गुनासो बढेपछि खाँदबारी नगरपालिकाले बुधबार बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा खाँदबारीको क्रिस स्टोर्स एण्ड सप्लायर्स, सन्देश किराना पसल मानेभञ्ज्याङ र पाथिभरा किरण किराना कपडा पसलले बिक्रि गरेको जुत्ताचप्पल, टुबोर्ग वियर, गुट्खा, चुरोट, खैनी, तास लयागतका सामाग्री नियन्त्रणमा लिईएको हो ।
यी सामाग्री भोजपुरको साल्पासिलिछो गाउँपालिका ३ को किरात किराना पसललाई उनीहरुले बिक्रि गरेका थिए । बाहिर पट्टी खाद्यान्न सामान राखेर भित्रि भागमा मदिरा र सुर्तिजन्य सामाग्री राखिएको सूचनाका आधारमा अनुगमन समितिले १२ काटन टुबोर्ग बियर, चुरोट, तास, गुट्खा लगायतका सामाग्री फेला पारेको थियो । ट्याक्टरमा सामान राख्दै गर्दा प्रशासन र प्रहरीको सहायतामा यी सामाग्री फेला पारिएको अनुगमन समितिका संयोजक तथा खाँदबारी नगरपालिकाकी उपप्रमुख डेगेश्वरी श्रेष्ठले बताईन् । ती सामाग्री खाँदबारी नगरपालिकाले नियन्यन्त्रण लिएको । श्रेष्ठका अनुसार कानुन अनुसार छानवीन गरेर ती व्यापारीलाई कडा कारवाही गरिने छ । संखुवासभामा यतिबेला जिल्ला प्रशासन कार्यालयले १२ जेठ सम्म निशेधाज्ञा जारी गरेको छ । यस क्रममा अत्यावश्यक सामाग्रीमात्र बिक्रि वितरण गर्न दिने प्रशासनले भनेको छ । यो बेला प्रशासनले बिहान ७ देखि ९ र बेलुकी ४ देखि ७ बजेसम्म अत्यावश्यक सामाग्री बिक्रि गर्ने समय तोकेको छ ।
व्यापारीहरुले प्यान र भ्याट बिल प्रयोग नगरी चलान बिल काटेर सामान बेचिरहेको पनि पाईएको अनुगमन समितिले जनाएको छ ।




















