काठमाडौं – जारी निषेधाज्ञा सकिए पश्चात देशभरका विभिन्न ४ स्थानमा मोटरहेड बाइकका थ्रीएस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्ट्स आउटलेट खुल्ने भएका छन् । मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले विभिन्न स्थानमा रहेका सोरुम र सर्भिस सेन्टरलाई आउटलेटको रुपमा नियुक्त गर्ने भएको हो ।

विर्तामोड, कावासोती, धादिङ र मन्थलीमा थ्रीएस सेन्टर खुल्ने छन् । ‘हामीले निषेधाज्ञा पहिले नै यसको लागि सम्पूर्ण तयारी पुरा गरिसकेका थियौ । अब निषेधाज्ञा पश्चात तुरुन्तै यी स्थानमा थ्रीएस सेन्टरको शुभारम्भ गर्ने योजना छ ।’ एसएलआर टेक्नो एन्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले बताए ।

हाल काठमाडौं उपत्यकाका साथै इटहरी, बुटवल, पोखरा आदि मुख्य सहरहरुमा मोटरहेडको थ्रीएस सेन्टर छ । आगामी दिनमा अन्य स्थानमा समेत थ्रीएस सेन्टर स्थापना गर्ने योजना रहेको बताइएको छ ।

हाल नेपाली बजारमा मोटरहेडका स्क्र्याम्बलर २५०, एमएच २००, टेक्कन २५०, स्पोर्ट्स अफरोड टायर, स्पोर्ट्स रोड टायर, एक्सटर्क र एमएच १५० आर छन् ।