इटहरी ,सलमान खान अभिनित बहुप्रतिक्षित हिन्दी फिल्म ‘राधे’ क्लियर टिभीमा हेर्न सकिने भएको छ । नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी सुबिसु केबलनेट प्रा.लि. ले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमानखान अभिनित ‘राधे’ प्रसारण गरेको छ ।

बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हद सम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदानगर्ने उदेश्यका साथ् प्रभुदेवा निर्देशित ‘राधे’ प्रशारण गरिएको सुबिसुले जनाएको छ । फिल्म क्लियर टिभीको च्यानल नं १११ (एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ । ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवाप्रदायकमा सम्पर्क गर्न सकिने सुबिसुले जनाएको छ ।