इटहरी । स्थानीय प्रशासनले कोरोनाको संक्रमण नफैलियोस भनेर जारी गरेको निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुलाई समस्या पर्न थालेको तर्फ मध्यनजर गर्दै नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुगंले खाद्यान्न सहयोग गर्न थालेका छन । 

    कोभिड १९को नयाँ भेरियन्ट सुनसरीमा पनि तीब्र रुपमा फैलिरहेको कारण नियन्त्रणका लागि सुनसरी प्रशासनले निशेधाज्ञा जारी गरेपछि रोगसंगै दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरु भोकले पनि मर्ने अवस्था नआयोस भनेर खाद्य सामाग्री वितरण अभियान थालेको अध्यक्ष गुरुगंले वताएका हुन । 

   निशेधाज्ञाका कारण काममा जान नपाएर भोकै बस्नु पर्ने अवस्था जिल्लाका कसैलाई पनि नपरोस भनेर अध्यक्ष गुरुगंले खाद्यान्न वितरणका लागि प्याकेजिगं गरेर भण्डारण गर्न थालेका छन । तरहरा निवासी गुरुगंले आसपासका समस्या परेकाहरुलाई आफनो घरमै आएर खाद्यन्न लिन आउन अनुरोध गरेका छन त्यसै गरी उनले तरहरा सम्म खाद्यान्न लिन आउन नसक्नेहरुलाई  9851022021 मा फाेन मार्फत सम्र्पक गरे आफुहरु पुर्याउन आउने समेत वताएका छन ।

विपदका समयमा जिल्लावासीहरुलाई राहत उपलव्ध गराउन अग्रपंतीमा रहने गुरुगंले कोरोनाको दोस्रो लहरको प्रभाव सुनसरीमा पर्न थालेपछि मास्क , सेनिटाइजर ,सावुन लगायतका मानव स्थास्थय सुरक्षाका सामाग्रीहरु समेत वितरण गर्दै आएका छन । गत वर्षको कोरोना कहरका समयमा पनि गुरुगंले स्वास्थ्य सुरक्षा सामाग्री सहित खाद्यान्न वितरण उल्लेखिय रुपमा गरेका थिए ।