इटहरी । कोरोना संक्रमितहरुका लागि उपचारमा अत्यावश्यक हुने अक्सिजन अभाव भएको भन्दै कतिपय सुविधा सम्पन्न भनिएका अस्पतालहरुले समेत संक्रमितहरुलाई भर्ना लिन नमानिरहेको समयमा सुनसरीको इटहरीमा उद्योग वाणिज्य संघको अगुवाईमा अक्सिजन सहितको  आइसोलेसन तयार गरिएको छ ।  

    उद्योग वाणिज्य संघ इटहरीको अगुवाई तथा नेपाल प्रेस युनियन सुनसरी , युवा उद्यमी मञ्च सुनसरी,श्री कृष्ण प्रणामि प्रतिष्ठान, माडवारी सेवा समिति इटहरी लगायतको सहकार्यमा इटहरी १०मा रहेको पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटमा ४० वेड अक्सिजन सहितको र ५० वेड सामान्य रहेको आइसोलेसन सञ्चालनका लागि तयारी गरिएको  हो  । 185691351_2232413360231642_3901140960838112542_n

 अक्सिजन सहितको आइसोलेसन सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले वताए । 

उनले कोभिडका विरामीहरु विराटनगर र धरानका  गएर अक्सिजन र वेड नपाएर छटपटाई रहेको इटहरीमा ठुला अस्पताल नरहेको समयमा संक्रमितहरु हेर्दाहेदैै  मरिरहेको तर्फ मध्यनजर गर्दै  विरामीहरुलाई अक्सिजन सहितको सेवा दिने उद्धेश्यले आइसोलेसन सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । 185984612_2232413400231638_5101653275091636264_n

  उद्योग वाणिज्य संघ इटहरी लगायतका संघसस्थाहरुको सहकार्यमा सञ्चालनमा ल्याउन लागेको आइसोलेसनमा चिकित्सकहरुको समेत सेवा उपलव्ध गराउने व्यवस्था मिलाइएको नेपाल प्रेस युनियनका अध्यक्ष पवन अधिकारीले वताए ।

  उनले फन्टलाईनमा खटिने सुनसरीका पत्रकारहरु समेत जोखिममा रहेको तर्फ मध्यनजर गर्दे आइसोलेसन सञ्चालनका लागि प्रेस युनियन सुनसरीले पनि सहकार्य गरेको वताए । snapshot_025

 सो आइसोलेसनमा खाना, बस्न तथा अक्सिजन औषधि , मनोरञ्जनका लागि खेलकुद सामाग्री,इन्टरनेट, समेत राखिएको र पुर्ण रुपमा  निःशुल्क सेवा प्रदान गरिने समेत जनाइएको छ । सो आइसोलन आज भोलीमै सञ्चालनमा आउने छ ।