सुशील भट्टराई/ इटहरी सुन्दरहरैचा का संपूर्ण बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका छन्,कोरोना भाइरस दिन दिनै बढ्दै गइरहेको अवस्थामा मिति २०७८ बैशाख २८ गते बसेको बैठकले औषधि पसल र स्वास्थ्य सेवा क्लिनिक बाहेक का बैंक तथा वित्तीय संस्था (इन्स्योरेन्स र सहकारी समेत ) अर्को निर्णय नभेरसम्म का लागि मिति २०७८/०२/०२ गते देखि बन्द गर्ने निर्णय गरेको हो । हिजो मात्र सुन्दरहरैचा मा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ३ जनाको मृत्यु भएको थियो । अधिकांश बैंक तथा वित्तीय संस्थाका कर्मचारी लाई कोभिड भाइरस देखिएकाले नगरपालिका ले यो निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।
186508434_813787325909525_1322717616518983194_n (1)