नसीम अन्सारी / सुनसरी,। सुनसरीको भुटाहा सहित देशभर आज इस्लाम धर्मावलम्बीहरुले ईद(उल(फित्र ईद मनाइँदै छ। रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुल फित्र ईद मनाउँदैछन् ।  ईदको अवसरमा १ नम्बर प्रदेश सरकारले आज प्रदेश भर सार्वजनिक बिदा दिएको छ । हिजरी संवतको रमदान महिनाभर व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट ईद मनाउने परम्परा छ ।

फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको हुन्छ  ।

ईद पर्वमा अल्लाह ९भगवान्० का नाममा विशेष नमाज  गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान  धर्मगुरु ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।  धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु को खिर र मिष्ठान्न परिकार खाने(खुवाउने चलन छ ।

पर्वमा बस्तीभित्रको ईदगाह,मस्जिद र मदरसामा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन मुस्लिम धर्मगुरु, अगुवा, जनप्रतिनिधि र राजनीतिदलका नेताहरुले आह्वान गरेको छ । ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २।५ प्रतिशत रकम कोषमा दिने परम्परा छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बीले बताउँछन् ।