इटहरी । फैलिदो कोरोनाको सक्रमणमा इटहरी उच्च जोखिममा रहेको पाइएको छ । आज मात्रै सुनसरीको इटहरी उपमहानगरपालिकामा एकैदिन ६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । अfज पोजेटिभ रिपार्ट आउनेमा २७ महिला ३३ पुरुस गरी ६० जना मा सक्रमण देखीएको हो । सुनसरीको इटहरी उपमहानगरपालिकाले जेठ ४ गतेसम्म अस्पताल र औषधि पसलबाहेकका सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको छ ।इटहरी उपमहानगरपालिकाले मंगलबार एक पे्रस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढेकाले बुधबारदेखि जेठ ४ गतेसम्म अस्पताल र औषधिपसलबाहेक सम्पूर्ण पसल बन्द गर्ने जनाएको छ ।

यस्तै सुनसरीको धरानमा ८५, इटहरीमा ६०, इनरुवा र रामधुनीमा ८–८, दुहवी र बराहक्षेत्रमा ५–५, स्थानीय तह नखुलेका ३, गढी र कोशी गाउँपालिकामा २–२, बर्जु र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 प्रशासनले जारी गरेको निर्देशनको अटेरी,बजारमाअनावश्यक भिडभाड र दैनिकजसो विहे भोजले अहिले सुनसरी जिल्लालाइ उच्च जोखिममा पुर्याएको छ ।