इटहरी – इटहरी उपमहानगरपालिकाले निषेधाज्ञालाई थप कडाई गरेको छ । कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथाम तथा नियन्त्रणको लागि इटहरी उपमहानगरपालिकाले बैशाख २९ बिहान १० बजेबाट जेठ ४ गते राती १२ बजेसम्म लागु हुनेगरि अस्पताल र औषधी पसल बाहेकका सम्पूर्ण व्यापार व्यवसायका पसल पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।
फलफुल र दुधडेरीको हकमा भने बिहान १० बजेसम्म पसल खोल्न दिइने बताइएको छ । नगरेको संक्रमितको संख्या बढ्दो रहेको र यसलाई न्युनिकरण गर्नको लागि सबैलाई स्वाास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सम्पूर्ण नगरवासी आग्रह गर्दै अत्यावश्यक काम बाहे घर बाहिर ननिस्क पनि आग्रह गरेको छ ।

183946551_10222929665543417_7387224188579796692_n