इटहरी, फैलिदो कोरोनाको सक्रमणमा इटहरी उच्च जोखिमा रहेको पाइएको छ । हिजो आइतवारमात्रै सुनसरीको इटहरीमा ४१ जनाको पिसिआर परिक्षण गर्दा ४० जनाको रिपोर्ट पोजेटिभ आएपछि यो क्षेत्र उच्च जोखिममा रहेको देखिएको छ । कोरोनाको हटस्पट बन्दै गएको इटहरीमा कोरोना संक्रमीतको संख्या दैनीक बढीरहेको छ ।
प्रशासनले जारी गरेको निर्देशनको अटेरी,बजारमा अनावश्यक भिडभाड र दैनिक जसो विहे भोजले अहिले सुनसरी जिल्लालाइ उच्च जोखिममा पुर्याएको छ । इटहरीमा मात्र अहिले संक्रमितको संख्या ४८२ पुगेको छ ।
यस्तै, इटहरीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । इटहरीको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएकाले सचेत रहन स्थानिय प्रशासनले अपिल गरिएको छ ।




















