नेपाली सेनाको भैरब गणले मोरङ्गको बिराटगरमा ७५ शैय्याको क्षमताको होल्डिङ्ग सेन्टर निर्माण गरेको छ । बिराटनगर महानगरपालिका वडा नं. १४ का रमेश यादबको घर भाडामा लिएर सेनाले दुई दिनमै होल्डङ्ग सेन्टर निर्माण गरेको हो । सेनाले निर्माण गरेको होल्डिङ्ग सेन्टर  संचालनमा ल्याईएको छ । कोभिड १९को नयाँ भेरियन्टको सक्रमणले गर्दा नेपालका अधिकासं ठाउँमा निषेधाज्ञा जारी रहेको समयमा भारतसहित अन्य ठाउँबाट आउने ब्यक्तीहरुलाई घर पुग्न गाह्रो हुने भएकाले होल्डिङ्ग सेन्टर संचालनमा ल्याएको भैरब गणका गणपति प्रमुख सेनानी गणेश रावलले बताए ।

होल्डिङ्ग सेन्टरमा नेपाल सरकारले अपनाउन भनिएका सम्पुर्ण स्वास्थ्य मापडण्ड अपनाइएको छ । होल्डिङ सेन्टरमा खाना र बस्नका लागि पनि राम्रो प्रवन्ध मिलाइएको सेनाले जनाएको छ । होल्डिङ्ग सेन्टरको समग्र सुरक्षा र व्यबस्थापन नेपाली सेनाले गर्नेछ । त्यसैगरी सेनाको सक्रियतामा बिराटनगर जुट मिलमा एक हजार बेड क्षमताको होल्डिंग सेन्टर सहित आईसोलेशन निर्माण गर्ने तयारी भइरहेको छ । भैरब गणले कोभिडबाट मृत्यु भएका सर्वसाधारणको शव व्यवस्थापनका लागि दुई वटा टोली बनाई काम गर्दै आएको छ । यस क्रममा सेनाले विराटनगरमा आजसम्म १८ वटा शव व्यवस्थापन गरेको बताइएको छ ।