इटहरी : सुनसरीमा ७९ जना सहित आइतबार प्रदेश १ मा थप ७६० जनामा कोरोना पुष्टि भएको छ । एक हजार ४२३ जनाको पीसीआर परीक्षणगर्दा ३४६ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १८, इनरुवामा १४, धरानमा ११, बर्जुमा ९, दुहवीमा ७, बराहक्षेत्र र हरिनगरमा ४–४, गढी, रामधुनी र देवानगञ्जमा ३–३, कोशी गाउँपालिकामा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण भएका हुन् ।

आइतबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार ९८३ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार २३२ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ७ हजार १९४ पुगेको जनाइएको छ ।