गायिका पारु राईको “तिम्रो तृष्णा” बोलको गितको भिडियो सार्वजनिक भएको छ । गितमा गयिका राईलाई द भ्वइस अफ नेपाल सिजन २ का उप बिजेता बिकाश लिम्बुले साथ दिएका छन् । तारा प्रकाश लिम्बुको संगीत रहेको उक्त गितको शब्द भने गायिका राईले नै लेखेकी हुन । नेपालका साथै युकेमा पनि छायांकन गरिएको भिडियोको युकेमा कुशल श्रेष्ठ र नेपालमा सुरज तामाङले छायांकन तथा निर्देशन गरेका हुन् । भिडियोका सम्पादन पनि कुशल श्रेष्ठले नै गरेका हुन् । गितको भिडियोमा मण्डल थेबे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले अभिनय गरेका छन। भिडियोमा माया गर्ने जोडीहरुको भावाना प्रस्तुत गरिएको छ । बिगत १ दशक यता बेलायतमा बस्दै आएकी गायिका राईले यस अघि “प्यास”नामक गिती एल्बम बजारमा ल्याएकी थिइन् । “प्यास” एल्वममा समावेश २ वटा गितको म्युजिक भिडियोलाई पनि दर्शकले रुचाएका छन् । बिदेशी भुमीमा रहे पनि आफ्नो देश, भाषा, कला र संस्कृतिको सम्मान गर्दै नेपाली संगितलाई निरन्तरता दिने गायिका राईले बताएकी छन् ।