धरान/ कोरोना संक्रमित एक महिलाको धरानमा मृत्यू भएको छ । आज बिहान ५ बजे तेह्रथुमको पञ्चकन्या १ घर भएकी २० वर्षीय युवतीको बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ज्यान गएको हो । गत १७ गते अस्पताल भर्ना भएकी उनको १९ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।