इनरुवा । कोभिड १९को नयाँ भेरियन्टको सक्रमण जिल्लामा समेत वढी रहेको समयमा जिल्लावासीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नेपाली काँग्रेस सुनसरीले आइसोलेसन संचालनको लागि पार्टी कार्यालयको भवन नगरपालिकाको जिम्मा दिएको  छ ।  इनरुवा नगरपालिका वडा नम्बर २मा रहेको पाटी कायालर्यमा महामारीका समयमा जनताका लागि सहयोग पुगोस भनेर सुनसरी काँग्रेसले आइसोलेसन सञ्चालनका लागि इनरुवा नगरपालिकालाई उपलब्ध गराएको हो ।   नेपाली काग्रेस सुनसरीका सभापति तथा प्रदेस नम्बर १का विपक्षी  दलका नेता राजिव कोइरालाले नगरप्रमुख राजन मेहतालाई दुईवटा हल रहेको पाटी कार्यालय होल्डीगं सेन्टर वा आइसोलेसन सञ्चालनका लागि उपलब्ध गराएको वताए । उनले महामारीको समयमा जनतालाई केही सहयोग पुगोस भनेर पाटी कार्यालय नगरपालिकालाई जिम्मा दिएको र नगरपालिकाले जनताका लागि आवश्यक अनुसार प्राविधिकहरुको सहयोगमा सञ्चालन गर्ने विश्वास लिएको समेत सभापति कोइरालाले जानकारी दिए ।

जनताहरु समस्यामा पर्दा सहयोग गर्नु पर्ने पाटीको दायित्व रहेको तर्फ मध्यनजर गर्दै पाटी कार्यालय नगरपालिकालाई उपलब्ध गराएको जनाइएको छ । यस अघि पनि नेपाली काग्रेस सुनसरीले २०६५सालमा कोशीले पुर्वी तटवन्ध भत्काएको समयमा विस्थापितहरुका लागि अस्थायी वासका लागि पाटी कार्यालय उपलब्ध गराएको थियो ।


यसै विच इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले आफुले चढ्दै आएको सरकारी गाडि निमुखा जनताहरुका उपचारमा स्वास्थ्य संस्था सम्म लैजानका लागि उपलव्ध गराउने जानकारी गराएका छन । उनले जनताको जिउधन सुरक्षाका लागि नगरपालिकाले कुनै कसर वाकी नराख्ने वताए । सुनसरीमा दिनप्रतिदिन कोभिड १९ संक्रमितहरुको संख्या वढी रहेको छ ।