दोस्रो लहरको कोरोना सङ्क्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ल्लभर भोली राती ९१८० गतेदेखि निषेधाज्ञा जारी गरेको छ ।

मोरङमा गत शनिबार रातिदेखि आशिंक लकडाउन गरिएको थियो । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको विराटनगर महानगरपालिसहित जिल्लाका अन्य स्थानमा आंशिक निषेधाज्ञा जारी गरिको थियो । तर बिहीबार विज्ञप्ति जारी गर्दै थियो । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जनाएका छन् ।

जिल्ला कोभिड नियन्त्रण सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा वैशाख २४ गते राति १२ बजेदेखि १ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले मोरङमा एक साता निषेधाज्ञा जारी गरेर अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताउनुभयो ।

चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिकर्मी र सङ्घसंस्थाका प्रतिनिधिले कोरोना रोकथामका लागि निषेधाज्ञा गर्न सिफारिस गरेका थिए ।

मोरङ यतिबेला कोरोनाको हटस्पट बनेको छ । मोरङका ग्रामीण क्षेत्रमा पनि तीव्ररुपमा कोरोनाको सङ्क्रमण फैलिएको छ ।

निषेधाज्ञामा औषधि उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यवस्तु खरिद गर्नेजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिँडडुल गर्न पाउने छैनन् । अस्पताल, औषधालय, औषधि एवं स्वास्थ्य सामग्रीका पसल २४सै घण्टा खुल्नेछन् ।