इटहरी / कोरोना भाइरसको नयाँ प्रजातीले नेपालमा भयावह अवस्था लिई रहेको छ । निम्न वर्गियहरुकालागी यो भाइरस मुत्यूको कारण बनेको छ भने कतिपय अवस्थामा व्यापारिहरुका लागी पैसा कमाउने बाटो समेत बन्दै गएको छ । अन्य व्यापार व्यबसायको अवस्था धरापमा परेपनि अस्पताल अनि मेडिकलहरुले भने पैसा कमाउने र सर्वसाधरणलाई लुट्ने माध्यम बनेको छ भन्दा फरक नपर्ला किनभने विभिन्न मेडिकलहरुले कोरोनाबाट बच्नकालागी प्रयोग गरिने स्वास्थ्य सामाग्रीको दोब्बर, तेब्बर मुल्य असुल्दै विक्री वितरण गरेको भेटिएको छ , यसरी मुल्य असुल्नेमा इटहरीका अधिकांस अस्पताल तथा मेडिकल रहेका छन् । सस्तो मुल्यमा स्वास्थ्य सामाग्री खरिद गरेर दोब्बर मुल्यमा आम सर्वसाधरणलाई ठगी रहेका छन् । कोरोना महामारीका बिच इटहरी उपमहानगरपालिका , जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि त्यस्तै इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुले गरेको अस्पताल तथा मेडिकल अनुगमनमा ३ रुपैया पर्ने माक्सलाई १० देखि २० रुपैया सम्ममा बिक्री गरेको पाइएको हो । बजारमा ९० रुपैयामा खरिद गरेको  सेनिटाइजर मेडिकल सञ्चालकले १६० सम्ममा बिक्रि गरेको अनुगमनमा भेटिएको छ ।  कोरोना महामारीमा देश तथा यन्य सम्पुर्ण क्षेत्र बन्द भएको अवस्थामा व्यापारीहरुका लागी लुटि खाने बाटो भने कहिलै बन्द भएको छैन । मेडिकल सञ्चालमहरुले समेत पहिलेबाट यहि रेटमा विक्री गर्दै आएको बताउछन् । विल भने आफुहरुले नराखेको र अव यस्तो गल्ति नदोहोरीने समेत बताएका छन् । 

२ रुपियाँ खरिद मूल्य परेको माक्स १० रुपियाँमा वेच्न नमिल्ने जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले बताएका छन् । माक्स र सेनिटाइजरमा वढि मूनाफा राखेको पाइएकाले यसलाई नियन्त्रण गर्न उपमहानगर,जिल्ला प्रशासन र राजश्व कार्यालयको वैठक वसेर तीन दिनभित्रमा रिजल्ट आउने गरि एक्सन गरिने बताएका छन् ।

यता इटहरी उपमहानगरपालिका राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले यो इटहरी लापार्वाहीले आम सर्वसाधरण मार्कामा परेको बताएका छन् । बजारमा व्यापारी तथा मेडिकल सञ्चालकलागी मुनाफा राखेर समेत अव ५ रुपैयामा मात्र माक्स वितरण गर्न आग्रह गरेका छन् । 

यसरी संकटको घडिमा आम सर्वसाधरणलाई आँखामा छारो हालेर गैर कानुुनि रुपमा विलको प्रयोग गनरी सामान विक्री गर्ने मेडिकल तथा अस्पतालहरुमा स्थानिय सरकार तथा जिल्ला प्रशासन कार्यालयले बेलैमा याक्सन लिन आवश्यक देखिन्छ । यो त प्रतिनिधिका रुपमा इटहरीमा देखिएको लापार्वाहि भयाे यो र यस्तै घटनाहरु अन्य क्षेत्रमा पनि यत्र तत्र रहेका छन् । यसरी मुल्य बृद्धिका बिरुद्ध हामि सबैले बेलैमा खबरदारी गर्न आवश्यक रहेको छ ।