कोकिला भण्डारी
धनकुटा । पाख्रिबास नगरपालिका वडा नम्वर ६ तिल्केका बर्ष २२ का सुनिल थापा र उहाँकी बर्ष २० कि श्रीमती सिर्जना गुरागाईको शव फेला परेको छ ।
सुनिलको शव झिंगटीको रूखमा झुन्डिएको अवस्थामा र सिर्जनाको शव भँुईमा लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
पाख्रिबास नगरपालिका वडा नम्वर ६ फलाटे माईती घर भएकी र्मतक सिर्जनालाई चारदिन अगाडि सुनिलले माईती घरबाट झगडा गर्दै जवरजस्ती लिएर आएको ईलाका प्रहरी कार्यालय पाख्रिबासले जानकारी दिएको छ ।
मृतकको शव हेर्दा ३÷४ दिन अघि घट्ना घटेको हुन सक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरीका अनुसार घट्नाको बिषयमा थप अनुसन्धान भईरहेको छ । उक्त शव जिल्ला अस्पताल धनकुगामा पोष्टमार्टम गरि आफन्तलाई बुझाईने जनाएको छ ।
बैशाख १५ गतेबाट हराएका मृत दम्पतिको बैशाख २१ गते शव फेला परेको पाख्रिबास नगरपालिकाले जनाएको छ ।
वडा नम्वर ४ र ६ को विचमा रूखमा झुन्डिएको अवस्थामा भेटिएको शव श्रीमानको रहेको ईलाका प्रहरी कार्यालय पाख्रिबासले जानकारी दिएको छ ।
मृतक सिर्जनाको टाउकोमा गह्रौ हतियारले हानेको चोट देखिएको स्थानियको भनाई छ ।




















