इटहरी । नयाँ भेरियन्टको कोभिड १९को संक्रमण तीब्रगतीमा फैलन थालेपछि  सुनसरीमा स्थानीय प्रशासनले मानव स्वास्थ्य सुरक्षाका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको छ ।

  संक्रमण फैलन नदिने उद्धेश्यले गत १७ गते देखि निशेधाज्ञा जारी गरेको भएपनि निशेधाज्ञा प्रभावकारी वन्न नसकेपछि मंगलबार बेलुका १२बजे देखि आगामी ३१ गते सम्म लागु हुने गरी सुनसरीका  प्रमुख जिल्ला अधिकारीले बन्दाबन्दीको आदेश जारी गरेका हुन ।  कोभिडको संक्रमण दिनप्रतिदिन बढी रहेको तर्फ मध्यनजर गर्दै सुनसरी प्रशासनले बन्दाबन्दीको आदेश उल्लघंन गर्र्नेलाई कानुनी कारवाही गर्ने सहितको बन्दाबन्दीको आदेश जारी गरेको छ ।181714443_1689367251231733_4109305918269299265_n181188902_1689367241231734_598732208896048753_n

यस अघि निशेधाज्ञा जारी गरेको प्रशासनले जोरविजोर प्रणालीमा सवारी सञ्चालन गर्न दिदै आएकोमा बन्दाबन्दीको समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेकका सवारीका साधनहरु पुर्णरुपमा सञ्चालन गर्न नपाउने आदेश गरेको छ ।

बन्दाबन्दीको समयमा औषधि खाद्यबस्तु तथा अत्यावश्यक बस्तु वा सेवाका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्र गर्न पाइने उल्लेख गरिएको छ । यस अघि निशेधाज्ञाको समयमा विहान ६ वजे देखि ११बजे सम्म सञ्चालन गर्न दिएका पसलहरु विहान १० वजे सम्म मात्र सञ्चालन गर्न दिने समेत जनाइएको छ ।

छिमेकी मुलुक भारतसंग सिमानाबाट नेपाली तथा विदेशी समेतलाई पुर्ण रुपमा बन्द गर्ने  आदेशमा जनाइएको छ । त्यसै गरी सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जारी गरेको आदेशमा अत्यावश्यक उपभोक्यवस्तु वा सेवाको आपुर्तिमा कृतिम अभाव र्सिजना गर्ने मुल्य वृद्धि गर्ने लुकाउने वा आपुर्तिमा अवरोध गर्नेहरुलाई कानुन अनुसार कारवाही गरिने समेत उल्लेख गरिएको छ ।