गितकार भुवन वास्तोलाले सगै जिउने सँगै मर्ने बोलको मर्म स्पर्सी गितको म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन् । वास्तोलाले यो लगायत चारवटा म्युजिक भिडियो बजारमा ल्याइ सकेका हुन् भने आफ्नै शब्द रचनामा चंगा उडे झै हावाको वेगमा भन्ने बोलको गित राजेश पायल राईको स्वारमा रेकडिङ गराइ सकेका छन् भने उक्त गितको भिडियोमा मुख्य अभिनय समेत आफैले गरेका छन् । मिलन बिद्रोह र माया पिरतिका उत्तार चडावलाइ भुवनले गित मार्फत स्रोता सामु ल्याएका छन् । हालै सार्वजनिक गित सँगै जिउने सँगै मर्ने भुवनको पहिलो शब्द लेखन भयता पनि विविध समस्याका कारणले भिडियो भने पछि बनाउनु परेको बताउछन् । उक्त गितमा मेल भोकल गायक आभास राईको रहेको छ भने फिमेल भोकलमा गायिका मेचु धिमालको स्वरमा सजिएको छ । भने आर्ट्स रोशन श्रेष्ठ, चिना तुम्बाहाम्फे र पुर्वकै बाल कलाकार गिरसन सिंह देउजाको पनि अभिनय हरेको छ भने उक्त गितमा संगित अमर राई त्यसैगरी एरेन्जरमा रणदिप भुजेलको रहेको छ । भिडियो डाइरेक्सनमा शिर कुमार राइ रहेका हुन भने छायाङकनमा दिनेश राई रहेका छन् ।