झापाको एक बायोग्यास कारखानामा आगलागी भएको छ । मेचीनगर नगरपालिका १५ नीलकोठीमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अहिले आगो नियन्त्रणमा लिनको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास गरिरहेको भएपनि नियन्त्रणमा आउन सकेको छैन । आगो बिहानै ३ बजेदेखि लागेको हो । आगलागी कसरी भयो भन्ने जानकारी आउन सकेको छैन । अहिले आगो निभाउनको लागि पथरी, उर्लाबारी, भद्रपुर, मेचीनगर, बिर्तामोड र दमकबाट दमकल आइपुगेको छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे तथ्यांक आइनसकेको प्रहरीले जनाएको छ ।