इटहरी, जोर बिजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका ३२३ सवारी साधन  सुनसरीको विभिन्‍न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेकाे  जोर बिजोर प्रणालीलाई प्रदेश एक ट्राफिक प्रहरी कार्यालय ईटहरीले थप कडाई गरेको छ ।

आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनाहरूमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागि सुनसरीको मुख्य मुख्य चोकहरूमा चेकप्वाइन्ट राखी  कडाई गरिरहेको छ।

सुनसरी भित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू भएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जारी निशेधाज्ञा कार्यान्वयनको लागी आज प्रदेश एक ट्राफिक प्रहरी कार्यालय ईटहरीले जोर बिजोर प्रणाली उलंघन गर्ने  ३२३ सवारी साधन हरुलाई नियन्त्रणमा लिएको  थियो ।