इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव बलत्कारको अभियोगमा प्रहरी हिरासतमा पुगेपछि अधिकार सम्पन्न बनेकी सो गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले सरकारी निर्णयको धज्जी उडाउँदै निषेधाज्ञाका बीच आफनो अधिनमा रहेको बिभिन्न शिर्षको बजेटहरु देखावटी रुपमा खर्चिदै मालकमाउ अभियानमा लागेकी छिन् । कोरोनाको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि देशका बिभिन्न जिल्लामा गरिएको निषेधाज्ञा सुनसरीमा समेत लागू रहेपनि सोको धज्जी उडाउँदै भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष मेहताले शनिवार गाउँपालिका नजिक रहेको लोटस होटलमा आयोजित गाउँपालिकाकै बिभिन्न दुई वटा कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएकी छिन् । शनिवार बिहानबाट जारी ती कार्यक्रमहरुमा उपाध्यक्ष मेहता सहित गैर सरकारी संस्थाका पदाधिकारी एव तीन दर्जन बढी युवायुवतीको सहभागिता रहेको थियो । सुनसरी प्रशासनले जिल्ला भित्र कुनै पनि किसिमको गोष्ठी, सेमिनार, तालिम लगायतका गतिविधिहरुमा पूर्ण रुपमा प्रतिवन्ध लगाएपनि सो गाउँपालिकाकी उपाध्यक्ष मेहता र केही गैर सरकारी संस्थाको मिलोमतोमा लाखौं बराबर गाउँपालिकाको रकम कागजमै खर्चिने क्रम बढेको सो क्षेत्रका स्थानीयहरु बताउँछन् । उपाध्यक्ष मेहतालाई महिला बालबालिका तथा न्यायिक समिति सम्वन्धित बजेट खर्च गर्ने पूर्ण अधिकार गाउँपरिषदले दिएर उनी मार्फत नै सो सम्वन्धि बिभिन्न कार्यक्रमहरु गैर सरकारी संस्था मार्फत चल्दै आएको छ । सो गाउँपालिकाका अध्यक्ष मेहन्द्र प्रसाद यादव प्रहरी नियन्त्रणमा गएदेखी एकछत्र गर्न थालेकी उपाध्यक्ष मेहताले केही दिनयता निरन्तर लाखौंको कार्यक्रम बिभिन्न ठाउँमा गराउँदै आएको समाचार श्रोतहरु बताउँछन् ।

गत वर्ष समेत उनको भागमा गाउँपालिकाका अध्यक्ष यादवले चित बुझदो भागबन्डा नदिएपछि उपाध्यक्ष मेहताले लिखित रुपमै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेसँग खर्च बारे हिसाबकिताब समेत मागेकी थिईन् । केही समयको बिवादपछि दुबैबीच भएको सहमति अनुसार उपाध्यक्ष मेहताका निम्ति छुटयाइएको ३० लाख बढीको बिभिन्न कार्यक्रमहरु मेहताले आफू निकट व्यक्तिहरुबाट कागजी रुपमा गराई ठूलो रकम अनियमितता समेत गरेको श्रोतको दाबी छ । शनिवार भोक्राहा नरसिंह गाउँपालिकाको लगभग तीन लाख बजेटबाट लौकहीको ग्रामिण बहुउद्धेशीय व्यवस्थापन तथा सहकार्य केन्द्र ९आरयुटीई० को आयोजनामा लैङ्गिक हिंसा न्यूनिकरणका लागि सचेतना अभिबृद्धि कार्यक्रमको नाममा सरकारले गरेको निषेधाज्ञाका बीच उपाध्यक्ष मेहता प्रमुख अतिथि भई सम्पन्न गरिएको छ । सोही दिन एकै हलमा अर्को एक कार्यक्रममा समेत उपाध्यक्ष मेहता सहभागि भएकी थिईन् । लैङ्गिक हिंसा सम्वन्धि सो कार्यक्रमको बजेट समेत उपाध्यक्ष मेहताले नै सिधा खर्च गर्ने छिन् ।