सुनसरी, विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारीका १ नम्बर प्रदेशका सञ्चारकर्मिहरु समेत उच्च जोखिममा परेका छन् ।  दोस्रो लहरको कोरोना सुरुवातसगै पछिल्लो समय १ नम्बर प्रदेशमा तृव्र रुपमाकोरोना सक्रमण फैलिरहेको छ । निरन्तर समाचार कर्ममा खटिने सुनसरीका एक पत्रकार सहित १ नम्बर प्रदेशमा ११ जना पत्रकारहरुमा कोरोना सक्रमण देखिएको छ । 

सुनसरीमा १,झापामा ४,मोरगंमा ३, ओखलढुगांमा २ र खोटागमा १ जना पत्रकारमा कोरोना सक्रमण देखिएको एक नम्बर प्रदेश पत्रकार माहासघंले जनाएको छ । पत्रकार महासघंका जिल्लाशाखाहरुको समन्वयमा सम्वन्धित जिल्लाक कोरोना सक्रमित पत्रकारहरुको स्वास्थ्य उपचारको व्यवस्था अगाडि वढाइएको नेपाल पत्रकार महासघं १ नम्बर प्रदेशका सचिव सन्तोष यादवले जानाकारी दिनु भएको छ । 

 निरन्तर समचार सकंलनमा सकृय रहेका पत्रकार हरुलाइ सजग भएर कामगर्न समेत सचिव यादवले अनुरोध गर्नु भएको छ ।