वि.सं.२०७८ साल बैशाख १७ गते शुक्रबार । ईश्वी सन् २०२१ अप्रिल ३० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख कृष्ण पक्ष । तिथि–चतुर्थी,४७ घडी २५ पला,रातको १२ बजेर २६ मिनेट उप्रान्त पंचमी । नक्षत्र–ज्येष्ठा,२८ घडी ५७ पला,बेलुकी ०५ बजेर ०२ मिनेट उप्रान्त मूल । योग– परिध,१८ घडी ०८ पला,दिउसो १२ बजेर ४३ मिनेट उप्रान्त शिव । करण–बव,दिउसो ०१ बजेर ३२ मिनेट उप्रान्त बालव,रातको १२ बजेर २६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–चर योग । चन्द्रराशि–बृश्चिक,बेलुकी ०५ बजेर ०२ मिनेट उप्रान्त धनु । 

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३६ मिनेट । दिनमान ३२ घडी ५१ पला । साँखु यात्रा ।
 
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा नाँफा कमाउन बढि नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ । साझपख बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहकोछ । साझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभुती हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आकश्मिक धन तथा सम्पती लाभ हुनेयोग रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने  हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामिप्यता बढेर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाई हरुसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन शुखि रहनेछ । साझपख समय मध्ययम रहेकोले घर जग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोलिको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी बीच विश्वासको वातावरण बढ्ने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । साझको समय राम्रो रहेकोले व्यापारमा वृद्धि हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी हाईड्रोपावर,पानी तथा औषधीसँग सम्बन्धीत व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुप नै प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । साझपख लामो दुरिको यात्राको तय हुनेछ ।
 
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन्  । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।