विकास भण्डारी, इटहरी, सुनसरी
नेपालमा राजा फर्कने सम्भावना प्रवल बन्दै ।
नेपालको एकिकरण भएको समय देखि वि.सं. २०६५ साल जेष्ठ १५ गतेका दिन सम्म राजा नेपालमा नेपाली जनताको एकताको प्रतिकको रुपमा रहँदै आएका थिए । वि.सं. २०६२÷६३ सालको दोस्रो जन आन्दोलनको नेतृत्व गर्दै तत्कालिन द्वन्दरत दल ने.क.पा. माओवादीलाई शान्ति प्रकृया मार्फत राजनैतिक मूलधारमा ल्याउने र नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रमा लाने संस्थागत निर्णय पूरानो र परिपक्क लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसले गरेपछि नेपालका तत्कालिन राजाले नारायणहिटी राजदरवार छोड्नुपरेको थियो । यद्दपि नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाले वेवी किङ्गको अवधारणा नल्याएको भने होइन, आजको अवस्थालाई हेर्दा गिरिजा प्रसाद कोइरालाको वेवी किङ्गको अवधारणा दूरगामी देखिन्छ किनकि त्यसले आज नेपालमा बिकराल अवस्था आउन पक्कै दिने थिएन । भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ, ठीक त्यसै गरी आज नेपालमा राजा फर्कने चर्चा परिचर्चा यत्र तत्र बहसको रुपमा नै चल्न थालेको छ ।
नेपालमा वि.सं. २०६४ सालको पहिलो संविधान सभाको चुनावबाट ने.क.पा. माओवादीले प्राप्त गरेको जनमत र वि.सं.२०७४ सालको संविधान सभाबाट संविधान जारी भएपछि भएको पहिलो निर्वाचनबाट तल्कालिन ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्र मिली बनेको बाम गठबन्धनले प्राप्त गरेको जनमत नेपाल कम्यूनिष्ट पार्टीलाई बाँदरको हातमा नरिवल सावित भएपछि नेपालको शासन सत्ता कम्यूनिष्टहरुले चलाउन सक्दैनन भन्ने निष्कर्ष निकाल्न असजिलो हुँदैन । यसबाट नेपालमा संवैधानिक राजतन्त्रको आवश्यकता प्रवल
देखिन्छ । अहिले नेपालमा एउटा मौरीको गोलामा रानी मौरी नभएको अवस्थामा कस्तो हुन्छ, ठीक नेपाली जनता त्यस्तै अवस्थामा एक अर्कामा विश्वास र प्रेमभाव पूर्ण वातावरणमा अघि बढ्न सक्ने अवस्थामा छैनन्। यस्तो छ कि मियो विना नै गोरुहरु दाँई गरी रहेका छन । घुम्दा घुम्दै कहाँ पुग्छन्उनीहरुलाई नै सायद थाहा छैन होला ?

नेपालको धार्मिक, सास्कृतिक, भाषिक, ऐतिहासिक सम्पदाहरु कुनै व्यक्तिको प्राइभेट कम्पनीको रुपमा परिणत हुदैछन लाग्छ जसले जे सक्छ बोल्दा र गर्दा हुन्छ यहाँ ? आजभोली यति सम्म की विभिन्न काल खण्डमा ऐतिहासिक कामहरु राणा शासनको अन्त्य वि.सं.२००७ सालमा, वि.सं.२०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनः स्थापना वि.सं.२०६२÷६३ सालको दोस्रो जनआन्दोलनको संयुक्त नेतृत्व गर्दै माओवादीलाई मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका खेलेको त्यसै गरी २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन पछि संविधान सभाबाट नेपाली जनतालाई संविधान दिन नेतृत्व गर्न र निर्वाचन मार्फत जनमत प्राप्त दल नेकपालाई सत्ता हस्तान्तरण गरेको पार्टी नेपाली काँग्रेस हाल आएर दिशा विहिन हुनु, जनताको भरोसाको केन्द्र बन्न नसक्नुले पनि नेपालको आम जनताको चाहाना अनुसार एक स्थिर र भरपर्दो अभिभावकिय शक्तिको रुपमा संवैधानिक राजा नेपालमा आउने दिनानु दिन सम्भावना बढ्दै गइरहेको छ । सत्तासिन ने.क.पा. आन्तरिक कलहको कारण पतन उन्मुख हुनु र काँग्रेसले जनतामा आशा एवं विश्वास जगाउन नसक्नुले नेपाली जनताले विकल्पको रुपमा राजा मात्र एक विकल्प हुनेछ र नेपालमा राजा आउनेछन्।
जय देश जय नरेश ।