धरान ः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा सप्तरीका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार सप्तरीका २४ वर्षीय पुरुषको उपचारको क्रममा राती १२ बजेर १० मिनेटमा मृत्यु भएको हो ।
उनलाई वैशाख ०९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा वैशाख १३ भर्ना गरिएको थियो ।




















