दमक । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालले भारतीय नागरिकलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाएको छ ।काँकरभिट्टा सीमानाका हुँदै नेपाल आउने भारतीयलाई प्रवेशमा रोक लगाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनील दाहालले जानकारी दिए । दाहालले भने, ‘भारतबाट आउने नेपालीलाई भने पीसीआर रिपोर्ट हेरेर छोड्ने गरेका छौं । नेपालबाट भारत जानेलाई पनि परिचयपत्र देखाएपछि छाडिनेछ ।’
झापामा कोराना संक्रमण अत्यधिक बढ्न थालेपछि सीमानाकामा कडाइ गरिएको उनले बताए ।




















