1 1जिल्ला अस्पताल खोटाङका प्रमुख मेसु डा. बैभव मल्लिकको चरम लापरवाहीका कारण जिल्ला अस्पताल खोटाङको सरकारी गाडी शनिबार राति दुर्घटनामा परेको छ। अस्पतालको कामले विराटनगर आएको जिल्ला अस्पतालको प्रदेश १–०४०००१ झ ००१३ नम्बरको गाडी शनिबार बिदाको दिन राति सुनसरीको इटहरी स्थित हलगडामा दुर्घटनामा परेको छ।2 1

अत्याधिक मादक पदार्थ सेवन गरेका चालक एकराज ढकालले जिल्ला अस्पताल खोटाङको गाडी दुर्घटना गराएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीले बताएका छन्। मापसे गरी अस्पतालको गाडी चलाएका चालक ढकालले गुडिरहेको मोटरसाइकललाई ठक्कर दिएका थिए। दुर्घटनामा परी मोटरसाइकलमा सवार इटहरी ४ बस्ने वीरबहादुर कार्की र अनुप भण्डारी गम्भीर घाइते भएका छन्। उनीहरुको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ। 

सरकारी गाडी दुर्घटना गराएका अस्पतालका चालक एकराज ढकाल र जिल्ला समन्वय सकिमति खोटाङका चालक सन्तोष ढकालले घटनास्थलमा ट्राफिक प्रहरी र स्थानियवासिन्दालाई दुर्व्यवहार गरेको बताए। धरानतर्फबाट मादक पदार्थ सेवन गरी चालक एकराज ढकालले सडकमा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिएर गाडी दुर्घटना गराएको डिएसपी केसीले बताए। 3 1

दुर्घटनापश्चात प्रहरीले दुबैजनालाई पक्राउ गरी हिरासतमा राखेको छ। अस्पतालको गाडी इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। गाडी दुर्घटना गराउने चालक एकराज ढकाल विरुद्ध सवारी ऐन अनुसार मुद्धा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइने डिएसपी केसीले जानकरी दिएका छन्।  अस्पतालको गाडीबाट मादक पदार्थ समेत बरामत गरिएको उनले जानकारी दिएका छन्। 6

अस्पतालका प्रमुख डा. मल्लिकले शनिबार चालकले गाडी आफूखुसी लगेर दुर्घटना गराएको बताए। उनले शनिबार चालकलाई गाडी दिनु गल्ती भएको बताए।