मसान घाटमा प्राय मलामी जाने गर्दछन, तर इटहरीमा बुढीगंगा मुक्तीघाट भने मानिसको दाह संस्कारका लागि मात्र नभएर बिज्ञान र धर्मको संगम अवलोकनमा समेत जाने गरेका छन् ।
केहि बर्ष अघि सम्मको मसानघाट अहिले रमणिय, बसौँ बसौँ लाग्ने स्थल भएको छ । इटहरीमा रहेको मुक्तिघाट मानिस जलाउने घाट मात्र नभएर बसौँ बसाँै लाग्ने पर्यटकिय स्थल बनेको छ । इटहरी उपमहानगरपालिका र सुन्दर हरैचा नगरपालिकाको सिमाक्षेत्र भएर बग्ने बुढीगंगा मुक्तघाट क्षेत्रलाई ब्यवस्थीत पारेर कलात्मक मुर्ती निमार्ण गरिएपछि उक्त स्थानलाई धर्म र बिज्ञानको संगम मान्दै पर्यटक आउन थालेका छन ।
मृत्युपछि दाहसंस्कार गर्न मात्र नभएर शान्त शितल रमणिय ठाउँमा बस्न, घुम्न र त्यसको आनन्द लिन मानिसहरु यहाँ आउन थालेका छन । वृहत्तर मुक्तिधाम निर्माण समिती अध्यक्ष हेम घिमिरे भन्छन् अहिले पर्यटकिय क्षेत्र जस्तै बनेको छ ।
मुक्तिघाट क्षेत्रमा धार्मिक पौराणीयक पक्षहरु समुन्द्र मन्थन सहित ब्रम्हा बिष्णु महेश लगायत विभिन्न देविदेवताका झाँकीहरु निर्माण गरिएको छ । मानिस जन्मे देखी मृत्यू सम्मका जिवन चक्रलाई मुर्तिकलाको माध्यमबाट प्रष्ट पार्ने प्रयत्न गरिएको छ । बिगतका दिनहरुमा मृतकहरुको शव अन्त्येष्ठि गरिने र छाडा चौपायाहरुको मलमुत्र तथा स्थानीयहरुको दिसापिसाव भेटिने स्थल यतिवेला दैनिक स्थानीय स्तरको टेलिफिल्म लगायत म्युजिक भिडियोहरु खिच्ने मनोरम पर्यटकिय स्थलको रुपमा चिनिन पुगेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालीका र मोरगंको सुन्दर हरैचा नगरपालीकाको मानव वस्तीमा प्रदुषणले परेको असर मुक्तीघाट निमार्ण भएपछि एक साथ अन्त्य भएको छ । घिनलाग्दो नदि किनार अहीले धार्मिक पर्यटकिय स्थल भएको छ । मानिसहरु टहलीन, फोटो खिच्न र पुजापाठ गर्न बुढिखोला किनारमा पुग्ने गरेका छन । पर्यटकीय स्थल बनेको मुक्तिघाट क्षेत्रमा अपराधिक गतिबिधी हुन नदिन प्रसाशनले शुरक्षाकर्मीको समेत ब्यवस्था गरेको छ ।




















