सुनसरी, सुनसरी को दुहबीमा गत चैत्र ११ गते दुहबी २ बिरगाँउ र दुहबी ९ छाताबेली का युवाहरू बिच सामुहिक झडप भएको बिषयलाइ लिएर जनता समाजबादि पार्टी दुहबीले दोषीमाथि कडा कारबाहीको माग राखेको छ ।
दुहबीमा पत्रकार सम्मेलनको आयोजना गरि समाजबादि पार्टीले प्रहरी अनुसन्धानले वास्तविक पीडितले न्याय नपाउन अबस्था आएको र घटनामा संलग्न दुहबी ९ का वडाध्यक्ष मेहेदी हुसेनलाई जोगाउने खेल भइरहेको आरोप लगाए । पत्रकार सम्मेलनमा बोल्दै पिडित डाक्टर सरोज सिंहले उक्त घटनामा आफू सम्लग्न नभएपनी आफ्नो नाम माथी झुठो मुद्दा हालेको प्रती चिन्ता प्रकट गर्दै तत्काल उक्त मुद्दा फिर्ता गर्न आग्रह गरेका थिए ।
पत्रकार सम्मेलनमा जसपाका दुहबी नगर अध्यक्ष कृष्ण कुमार चौधरीले घटनामा हुदै नभएको आरोप लगाए मुद्धा हाल्ने काम समेत भएको बताउदै ठुला पार्टीको आडमा पिडितलाई न्याय दिने भन्दा पनि दुख दिने काम भएको बताए । घटनाको निस्पक्ष रुपमा प्रहरीले अनुसन्धान गर्न समेत पार्टीले आग्रह गरेको चौधरीको भनाई छ ।
दुई पक्षिय झडपमा ९ नंम्बर वडाध्यक्ष मेहेदी हुसेनको नातीको संलग्न रहेको र पछि चौधरी टोलमा हुसेनसहितको समूहले आक्रमण गरेको दाबी गरिएको छ । मेहेदी हुसैन नेपाली काङ्ग्रेसका क्षेत्र ३ का सभापति समेत हुन । उक्त झडपमा दुबै पक्षका गरि करिब १ दर्जन भन्दा बढि घाइते भएका थिए भने दुबै पक्षका गरि ३५ जना विरुद्ध प्रहरीमा मुद्दा दर्ता भैसकेको छ ।




















