54काठमाडौ । पूर्बराजा  ज्ञानेन्द्र शाहले पुर्वीय दर्शन, धर्म र सनातनीय संस्कारमा ह्रास आएको भन्दै  धर्म बचाउन आग्रह गर्नुभएको छ । भारतको  हरिद्वारमा आयोजित महाकुम्भ मेला २०२१ लाई सम्बोधन गर्दे पूर्वराजा शाहले  हाम्रो धर्म सभ्यता, संस्कृतिका अनेक आर्दशहरू विश्व कै मानवीय मुल्यलाई  डोहोर्योएको जनाउनु भएको छ ।

1883पुर्व राज ज्ञानेन्द्र शाहवाट महाकूम्भ मेला – हरिद्वार २०२१ मा गर्नुभएको सम्बोधनको पूर्णपाठ :

यो विशाल, यो पूण्य कार्य कृत्य र यो पवित्र धार्मिक सनातनिक एवं सांस्कृतिक समारोहको आयोजक – यहां पाल्नू भएका आचार्य महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, ऋषि, मनिषि एवं समस्त सन्त, महन्त, साधकहरू, म सबै सबैलाई नमन गर्दछू, दूई कर जोडी बन्दन गर्दछु ।

गंगा तटमा अवस्थित यो पवित्र धाम, यो देवस्थल हरिद्वारको यो विशेष पूण्य कार्य र यो विशाल समारोहमा म यहांहरूको निकटमा रही, दर्शन, अर्चन, वन्दनमा सरिक छु । यहांहरूको श्रद्धायूक्त आमन्त्रण पाएर उपस्थित छु । यस निम्ति म गौरवान्वित छु  । यहांहरू सबैप्रति  साधूवाद । 

हाम्रा वेद र शास्त्रहरुको मत र मान्यता मूताविक मैले सूने बूझे अनूसार कूम्भघडा अमृत तत्वले भरिपुर्ण घडा हो । सत्य यूगमा समून्द्र मन्थनबाट उत्पन्न अमृतका ३८घडाहरू पहिले दानवहरूद्वारा लूटिएका थिए, ति घडाहरू पछि गरुडद्वारा खोजी गरि ल्याइएको र प्रयाग, हरिद्वार, नाशिक र आवन्तिक स्थलहरूमा खडा गरिएको थियो । सोहि परम्परा अनूरुप हरेक बाह्र बर्षमा लाग्ने कूम्भ मेलाको विशिष्ठ महत्व रहन गएको देखिन्छ ।

अमृतका तिनै कूम्भ घडाहरूबाट थोपा थोपा गरि विभिन्न नद नदिमा प्रभाहित भएकाले नै पुर्वीय दर्शनमा हाम्रा नद नदिहरुको, हाम्रा पर्वतीय घाटीहरूको तथा विभिन्न वन वाटिकाहरूको धार्मिक र शास्त्रीय मान्यता रहन गएको हो । प्रकृतिप्रति प्रेम गर्ने र प्रकृति संरक्षणको कार्यमा अनूराग राखेर काम गरेको एक प्रकृति पुजक पात्र भएका नाताले म हाम्रो त्यस्तो धार्मिक धारणा र शास्त्रीय दृष्टिकोणको सम्मान गर्दछु ।

जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइंदै लगिएको आजको प्रदूषणयूक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउने दृष्टिकोणले हेर्दा यस्ता कूम्भ मेलाको औचित्य आजको समयमा पनि अर्थपुर्ण ढंंगले बूझ्न सकिन्छ । हराभरा स्वच्छ प्रकति, निर्मल नद नदि तथा ताल तलैया एवं समस्त वातावरणलाई प्रदूषण मूक्त बनाउने आजको विश्वव्यापी अभियानमा कूम्भ मेला जस्ता हाम्रा यस्ता धार्मिक अनुष्ठान  सर्वथा उपयोगी र प्रेरणादायी हून्छन् भन्ने मेरो दृष्टिकोण छ । 

भारत वर्ष, हाम्रो आर्यावर्त र भरत खण्ड, यो भुखण्ड ( हाम्रा यी हिम श्रृंखला, हाम्रा यी अनेकौं नद नदिको महत्व महान छ ) हजारौं वर्ष अ३िदेखिको हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा तथा सनातनिक संस्कृति विश्व मै वेजोड छ ।

हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पूराण आदि अनेकौं ग्रन्थ शास्त्र सबै सबै नै महत्वपुर्ण छन् ( तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनूशिलन आफैमा गहन छन् । 

नेपाल र भारतका कैयन देवस्थलहरू, धामहरू एवं अनेकौं स्थानहरू यस्ता  छन् ।  जसले सदैव ( सर्वे भवन्तू सूखिनको विश्वव्यापी मान्यता राख्दछन् । हामी कतिले र अरू कतिले हाम्रा यी धार्मिक सांस्कृतिक स्थलहरूलाई तथा हाम्रा अनेकौं रितिस्थितिलाई के कति बूझ्दछन् कून्नि, तर सारभुतरूपमा भन्नू पर्दा हाम्रो धर्म सभ्यता, संस्कृतिका अनेक आर्दशहरू विश्व कै मानवीय मुल्यलाई डो¥याउंद छन् ।

सानो छंदा मैले हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नू भएको, के नेपाल सानो छ ?  भन्ने निबन्ध पढेको थिएं बडो चिन्ताकासाथ हाम्रो आर्य सभ्यताको महत्व खिंइदै गएको कूरामा उहांले उक्त निबन्धमा लेख्नू भएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केहि समयदेखि हाम्रो पुर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कूरा सांचो हो ।

अब हामीले हाम्रो धर्म बचाउनू छ, हाम्रो संस्कृतिको रक्षा गर्नू छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नू छ । हाम्रा गंगा नद नदिहरूको प्रवाह स्वच्छ पार्नू छ । भगवान रामले भन्नू भएको थियो “अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी” भन्ने सद्यूक्तिको ख्याल हामीले राख्नै पर्दछ ।

यिनै प्रयोजन हेतू यो महाकूम्भ मेलाको यो विशाल भेलाको र यहां उपस्थित सबै विद्वान, विदूषि, सन्त महात्माहरूको ध्यान पूगोस् – यही  अवधारणा छ मेरो – फेरि पनि सबैमा साधूवाद । धन्यवाद !