बराहक्षेत्र/ राष्ट्रिय प्रजात्रन्त्र पार्टीको बराहक्षेत्र नगर अधिवेसन सम्पन्न भएको छ । अधिवेसन कार्यक्रमको सभाअध्यक्ष राप्रपा बराहक्षेत्र नगपालिकाका नगर अध्यक्ष अर्जुन भटट्राई रहेका थिए भने प्रमुख अतिथि राप्रपा केन्द्रिय सदस्य इनु अधिकारी रहेकी थिईन । विषिष्ट अतिथिको रुपमा राप्रपा पार्टीको सुनसरी जिल्ला अध्यक्ष लगाएत विभिन्न पार्टीका नेता तथा कार्यक्रताको बाक्लो उपस्थिति रहेको थियो ।करीव एक बजे सुरु भएको कार्यक्रममा राष्ट्रिय गाना र राप्रपा पार्टीको गाना बजाएर सुरु गरिएको थियो । कार्यक्रमको दैरानमा बराहक्षेत्र नगरपालिकाको ११ वटै वडाको पार्टी अध्यक्षहरुको परिचयात्क कार्यक्रम समेत राखिएको थियो ।

अधिवेसन कर्यक्रममा प्रमुख अतिथि अधिकारीले मन्तव्यको दिदै भनिन् “अव आम जनताले बुझि सकेका छन्, यो कम्युनिस्टहरुले छलछाम गरेर हिन्दु राष्ट र राजत्रन्त्र फालेको कुरा अब सार नेपालिले नै हिन्दु राष्ट र राजन्त्र ल्याउने छन् ।”

अधिकारीले अझ थपिन ‘यो संघियता नेता कार्यक्रताको आसे पासेको लागि मात्र ल्याएको हो, आज हामीलाई कर माथि कर लगाएर हाम्रो घाटी निमठोको अवस्था छ । अब हामी सवै मिलेर राजसस्था ल्याएनु पर्छ ।’

मन्तव्यकै क्रममा सुनसरी जिल्ला अध्यक्ष बस्नेतले भने ‘राप्रपाले देशमै ७७ वटानै जिल्लामा अधिवेसन गरिरहेको बेलामा सुनरी जिल्लाको पहिले अधिवेसन गरेकोमा बराहक्षेत्रन नगर कार्यसमितिलाई बधाई तथा धन्वाद छ । मैले अन्य पालिकाहरु वा जिल्लाकै साथिहरुलाई पनि बराहक्षेत्र नगरले जस्तो काम गर्न आग्रह गरेको छु, बराहक्षेत्रले सचिकै राम्रो काम गरेको छ । नयाँ कार्यसमितिलाई पनि बधाई तथा शुभकामना छ ।’धिवेसन कार्यक्रममा महेन्द्र बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख खगेन्द्र निरौलाको समेत उपस्थिति रहेको थियो । निरौलालाई समेत मन्तव्यको अवसर दिईएको थियो ।

निरौलाले मन्तव्यको क्रममा भने “म अहिले सम्म राप्रपा पार्टीको सक्रिय सदस्य समेत छैन् तर म जहिले पनि हिन्दु राष्ट र राजसस्थाको वकालत गरिरहेको छु । जनयुद्धको बेलामा धर्मको काम छैन भन्दै प्रचार गरिहदा पनि हामी हिन्दु धर्मको बचाउमा लागिरहेको थियौ, आज यो कुरा सार नेपालिले बुझेको छ चाहे त्यो व्यक्त गर्न सकोस वा नसकोस् । यहाँबाट जो केन्द्रमा जादै हुनुहुन्छ उहाहरुले व्यक्तिवादि सोच हैन हिन्दु धर्म र राजसस्थाको विषयमा वकालत गर्नहोला मेरो अग्रह छ । व्यक्तिवादि सोच हटाएमा मात्र भारतको भाजपा जस्तो नेपालमा राप्रपा हुन्छ ।” उनले भने ।