नेपाली वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त गरिएको छ । इटहरीको पुर्वाञ्चल इन्ष्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको कार्यलयमा पत्रकार सम्मेलन गर्दै वेव सिरिजको शुभमुहर्त गरिएको हो । युवा युवती बिचको प्रेममा आइ पर्ने बिभिन्न उतार चडावहरुलाई वेव सिरिजको कथावस्तु बनाइएको छ । निर्देशक भिम लामाको निर्देशनमा निर्माण हुन लागको वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को कथा पनि निर्देशक लामाले नै लेखेका हुन् ।
प्रकाश सुब्बा, सुरेन्द्र भुजेल,बोधराज पुरुष,खेमराज धमला र भिम लामाको संयूक्त लगानीमा निर्माण हुन लागेको वेव सिरिजका लागी कलाकारहरु अडिशनबाट छनोट गरिएको हो । इटहरीको चिन्तन चौतारी र तरहरा स्थित तरहरा एफ एमको कार्यलयमा गरी २ पटक अडिशन आयोजना गरि कलाकारको छनोट गरिएको थियो । छनोट भएका कलाकारहरुका लागी तालिमको समेत व्यवस्था गरिएको निर्देशक भिम लामाले बताए ।
केही चलचित्र समेत निर्माणको तयारीमा रहेका निर्देशक लामाका अनुसार यो वेव सिरिज १ हजार १ सय ११ एपिशोडको हुने छ । यसका लागी कथावस्तु समेत तयार भइसकेको निर्देशक लामाको भनाई छि ।
वेव सिरिजमा मेनुका गिरी,बिष्णु राई,बिनु राई,उपार्जुन राई,सुनिता पुरी,जेरी शर्मा,आयूष कटुवाल,बन्दना दाहाल,बोधराज पुरुष,सजना बजगाई,सपन श्रेष्ठ,सन्जु अधिकारी,सुरज भुजेल,उदय सुब्बा,खेमराज धमला लगायतका कलाकारहरुको अभिनय रहने छ ।
एक नम्वर प्रदेशका बिभिन्न रमणिय स्थलहरुमा छायांकन हुने वेव सिरिजमा प्रकाश सुब्बको छायांकन रहेको छ भने सम्पादन पनि प्रकाश सुब्बाले नै गर्ने छन् ।